आर्यन सिग्देलको विवाह


aryan marrige
(सेलिब्रेटी नेपाल) १९ बैशाख-सेलिब्रेटी भनेकै सर्बसाधारण हरुले उनि हरुको बारेमा चासो र चर्चा गरि रहने व्यक्ति हुन् । नेपाली सिने बजारका सेलिब्रेटी हरुको बिहेको बिषयमा पनि बेला बेला चर्चा भै रहने गर्दछ । राजेश हमालको विवाहको चर्चा चलिरहदा आर्यन सिग्देलको पनि विवाहको हल्ला बजारमा आएको छ । आजभोलि नायक आर्यन सिग्देल प्रेमिका सपना सँग खुलेयाम डेटिङ गर्न थालेका छन् ।

नायक आर्यनले एक कार्यक्रममा प्रेमिका सपनालाई लिएर गएपछि उनीहरुको सम्बन्धको खुलासा भएको हो । अहिले उनिहरुको तस्विर पनि सार्वजनिक भएको छ । जोरपाटी निवासी सपना र आर्यन २ वर्ष देखी प्रेममा डुबेका छन् ।फेसबुक र्माफत भेट भएको यो जोडि आजभोली प्राय सँगै भेटिन थालेको छ । प्रेमिका सपनाको अनुसार अब एक वर्ष भित्रमा बिहे गर्ने सल्लाह भइसकेको बताएकी छन् ।