सांस्कृतिक कार्यक्रम जुम एप्स तथा टेलिभिजनबाट एकै साथ



काठमाडौँ। कोभिड १९ कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । बेला बेलामा हुने सांस्कृतिक कार्यक्रमहरु पनि सबै रोकिएका छन्। नेपालमा मात्रै कोभिड १९ कोरोना भाइरसको संक्रमितको संख्या दुइ लाख पुगी सकेको छ। नेपाल सांस्कृतिक कला कर्मी संघले शुभ दिपावली,नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना जुम एप्स संगै रमाइलो टिभी बाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

कार्तिक २८ गते शुक्रबार सांझ ६ बजे देखि ८.३० सम्म कार्यक्रम संचालन गरिने जानकारी कार्यक्रम संयोजक दिनेश पाख्रिनले दिए। कार्यक्रममा थुप्रै चर्चित कलाकारहरुको सहभागिता रहनेछ।

संयोजक पाख्रिनका अनुसार कार्यक्रममा राजेश हमाल, करिश्मा मानन्धर, जल शाह, सुनिल थापा, नीर शाह, दिलिप रायमाझी, मेलिना मानन्धर, निखिल उप्रेती, मुकेश ढकाल, बिराज भट्ट, विक्रान्त बस्नेत, रेजिना उप्रेती, गोपाल नेपाल फिष्टे, महादेव त्रिपाठी, रेशम फिरीरी, डिबि गुरुङ, टिका पुन, कला राई, शोभा जिसी, उदीराम खड्का, दिलिप थापा, सुशिला निरौला सहितका कलाकारहरुले आ–आफ्नो निवासबाटै आफ्नो प्रस्तुती दिनेछन् ।

उक्त कार्यक्रमलाई रमाइलो टेलिभिजन, सेलिब्रेटी नेपाल, न्यू नेपाल टिभी, पाथिभरा अनलाइन, प्रदेश अनलाइन मिडियामार्फत प्रत्यक्ष प्रसारण गर्ने आयोजक संस्थाको तयारी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.