नेपाली संचार माध्यममा नेपाली रास्ट्रियता बोकेको भिडियो प्रतिबन्धित


axe band member
नेपाली गीतसंगीतको क्षेत्रमा २० वर्ष पुरा गरिसकेको एक्सब्यान्डले भर्खरै बजारमा ल्याएको ‘भडास’ एल्बममा समाबेश ‘सिमाना’ बोलको गीत सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजन सहित इमेज च्यानल र नेपाल वान समेतले प्रशारणमा रोक लगाएको छ। एक्सब्यान्डले सिमाना बोलको गीतमा सञ्चार माध्यमले सिमानाका सवालमा उठाएका कुरा, नेपालीहरुको आक्रोस, धेरै वर्ष देखि थिचिएको कुराहरुलाई गीत मार्फत प्रस्तुत गरेको थियो। नेपालको ७१ ठाउँमा सिमाना मिचिएको र एउटा राष्ट्रप्रेमी नेपालीले के गर्नु पर्छ ? भन्ने सन्देश दिन खोजिएको गीतको भिडियोलाई ग्रेटर नेपालले सहयोग गरेको थियो।

आफ्नो देश अनि आफ्नो पन,आफ्नो सँस्कृति अनि आफ्नो राष्ट्रीयताको लागी ज्यानको आहुति समेत दिन तयार हुन्छन् र हुनुपनि पर्छ । परि आएको खण्डमा हामीले आफ्नो राष्ट्रको लागी जस्तो कदम पनि चाल्नको लागी तयार हुनु सक्नुपर्छ । तर हाम्रो देशको मामिलामा कुरा गर्नु पर्दा अचम्मलाग्ने कुरा भयो । हाम्रो देशको सञ्चार माध्यमले अति नै हँसायो ।मलाई लागेको थियो कि सञ्चार माध्यमद्वारा हामीले राष्ट्रीय तथा अन्तरराष्ट्रीय सुचनाहरु सहि सम्प्रेशण गर्छ भनेर।राष्ट्र र राषट्रीयताको सवालमा सधैं आवज ऊठाऊँछ भनेर तर मगलत रहेंछु । मैले सोँचेको कुराहरु शत प्रतिशत नै गलत रहेछ भन्ने हिजो अर्थात मिति २०६९-१२-२१ गते का दिन “नेपाल टेलीभिजनको NTV PLUS” मा प्रशारण हुने “Play it on reloaded” मा ऊपस्थित हुँदाको बखत ऐना जस्तै छर्लङ्ग भयो।
मलाई जति नेपाली हुनुमा गर्ब लाग्थ्यो त्यो भन्दा कयौं गुणा ज्यादा घृणा “नेपाल टेलिभिजन” देखी लाग्यो ।कार्यक्रम प्रत्यक्ष प्रशारण थियो हाम्रो Band को”सिमाना” बोलको गीत बज्ने बेलामा Censor को नाटक गरेर हाम्रो भिडियोको नेपाल टेलिभिजनका सम्पुर्ण कर्मचारीहरु (कार्यक्रम प्रस्तोता बाहेक) मिलेर सामुहिक बलात्कार गरे।गीत बजाईएन। हाम्रो “सिमाना” बोलको गीतलाई प्रतिबन्ध लगाईयो।
तर प्रश्न ऊठ्छ किन?????? के हामीले हाम्रो देशको सिमानाको बारेमा जानकारी राख्न पाऊने सम्मको पनि अधिकार छैन हामीसँग?के हामी गैर नेपाली हौं?हाम्रो राष्ट्रीयताको सवाल ऊठाऊने अधिकारबाट बञ्चित गर्ने हक कस्लेदियो “नेपाल टेलीभिजन”लाई हैनभनेतेस्को नाम फेरेर “हिन्दुस्तान टेलिभिजन” भनेर राख। नत्र हाम्रो Band को “सिमाना” बोलको गीतले त्यहाँ स्थान पाऊनुपर्छ। यदि त्यो गीत बज्दैन भने “नेपाल” नामको दुरुपयोग गरेर भारतको दलाली गरिरहेकोछ “नेपाल टेलीभिजन”ले।एऊटा राष्ट्रीय गीत प्रशारण गर्न डराऊने सँस्थाले सहि सुचना सम्प्रेशण कसरी गर्नसक्छ? यो एऊटा सबैभन्दा ठुलो प्रश्न बोकेको सँस्था हो।
(Shiva Mukhiya, The Axe Band)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.