शिरिषको फूल बिबादित


sirishko phool full movie
सेलिब्रेटी नेपाल १९ बैशाख-भोलि शुक्रबारबाट नेपालभर रिलिज हुने तयारीमा रहेको साहित्यकार पारिजातको उपन्यासमा आधारित चलचित्र ‘शिरिषको फूल’विरुद्ध निर्माताले अदालतमा मुद्दा दायर गरेका छन् ।
चलचित्रमा लगानी गरेका जमिन फिल्मसका लगानीकर्ता सुरज मिश्र र उत्तम खत्रीले चलचित्रमा आफ्नो नाम उल्लेख नगरिएको र लगानी पनि डुब्ने अबस्था आएको भन्दै प्रर्दशन रोक्न पुनराबेदन अदालत पाटनमा रिट दायर गरेका छन । चलचित्र प्रर्दशन रोकेर आफ्नो अधिकार सुनिश्चीत गर्न भन्दै उनीहरुले दायर गरेको रिटमा आज बिहीवार नै सुनुवाई हुने बताइएको छ ।
चलचित्र बनाइरहेको पारिजात प्रतिष्ठानले  निर्माण सकिएपछि आफुसँगको सम्झौता भंग गरी कलाकार गणेश लामाको फिल्म क्रियसनलाई प्रर्दशनको जिम्मेवारी दिएको मिश्र र खत्रीले बताए । पारिजात प्रतिष्ठानसँग भएको सम्झौतामा प्रस्तुतकर्तामा जमिन फिल्मस्को तर्फबाट जगत राजथला, निर्मातामा सुरज मिश्र र सहनिर्मातामा उत्तम खत्री उल्लेख गर्ने सहमति भएको खत्रीले बताए ।
लगानी डुब्ने र नाम पनि नआउने अबस्था आएपछि उनीहरुले जिल्ला प्रशासन, फिल्म निर्माता संघ, चलचित्र संघमा समेत उजुरी दिएका थिए । तर तीनवटै निकायबाट समाधान निस्कन नसकेपछि बाध्य भएर अदालत जानु परेको उनीहरुले बताए ।