अनमोल र सुहानाको चलचित्र ‘ए मेरो हजुर ३’ युटुवमा (पुरा चलचित्र)



काठमाडौँ। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ युटुवमा सार्वजनिक गरिएको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’
गत साल प्रदर्शनमा आएको थियो । ब्यबसायिक रुपमा सफल तथा डेव्यु चलचित्रमा नै सुहानाकोअभिनयको प्रशंसा भएको थियो । निर्माता सुनिल कुमार थापा यही समुह लिएर यतिबेला ‘ए मेरो हजुर ४’ खिचिरहेका छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.