अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता



एजेन्सी । अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभ सहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ ।

बिहीबार राती प्रशारण भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए ।

यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो । सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विकल्प दिइएपछि सामाजिक संजालमा पनि अमिताभको आलोचना भइरहेको छ । सामाजिक संजालमा ‘के अमिताभले भागवत गीता र ऋग्वेदको स्थानमा बाइबल र कुरान राख्ने सक्थे ?’ भनेर प्रश्न उठाइएको छ ।