एक दर्जन बढी कलाकारलाई कोरोना संक्रमण



काठमाडौं । एक दर्जन बढी नेपाली कलाकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । हास्य कलाकार मनोज गजुरेल, निर्देशक तथा कलाकार अशोक शर्मा हालै कोरोना पुष्टि भएपछि होम आईसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् । पोखरा बस्दै आएका लोकगायक पुरुषोत्तम न्यौपाने पनि कोरोना संक्रमण पुष्टि भएपछि अहिले होम आईसोलेसनमा बसिरहेका छन् ।

गायक/संगीतकार टंक बुढाथोकी, कलाकार तथा पाइलट विजय लामा, वरिष्ठ कलाकार हरिवंश आचार्य कोरोना संक्रमित भएर निको भईसकेका छन् । त्यस्तै गायक संजय श्रेष्ठ, गायक लोचन रिजाल, अभिनेता दिपक ढकाल, कलाकार प्रकाश शाह कोरोना संक्रमित भएर निको भएका छन् ।

चलचित्र निर्माता तथा निर्देशक पनि कोरोना संक्रमित भएका छन् । प्रदीप कुमार उदय, मिलन चाम्स, सुशील पोखरेलमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालबाहिर बस्दै आएका केही नेपाली कलाकारहरु पनि कोरोना संक्रमित भएर निको भईसकेका छन् । अमेरिकामा बस्दै आएका लोकगायक प्रेमराजा महत, लण्डनमा बस्दै आएका हास्य कलाकार सुवास कार्की ‘बेलासे’, अमेरिका बस्दै आएका हास्य कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’, भारतमा बस्दै आएकी अभिनेत्री निरीषा बस्नेतलाई कोरोना देखिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.