अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन



एजेन्सी । अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’को नामको विषयमा चलिरहेको विवादका बीच निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेको छ । अब यो फिल्मको नामा ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । पहिले यो फिल्मलाई यसको नामका कारण ट्रोल गरिएको थियो । फिल्मको ट्रेलर रिलिज भएपछि यो फिल्ममाथि लभ जिहादलाई बढावा दिएको आरोप लाग्यो ।

फिल्म निर्माण टिमलाई श्रीराजपुत करणी सेनाले एक कानुनी नोटिस पनि पठाएको थियो । नोटिसमा फिल्मको नाम बदल्न माग गरिएको थियो । कानुनी नोटिसमा माता लक्ष्मीको नाम बमसँग जोडेर लक्ष्मीको अपमान गरिएको दावी गरिएको थियो । यो फिल्म २०११ मा आएको तमिल फिल्म कंचनाको रिमेक हो । फिल्मको नामको विषयमा निर्देशक राघव लरेन्सले भने ‘तमिल फिल्मको नाम फिल्मको मुख्य पात्र कंचनाको नामबाट राखिएको थियो । कंचनाको अर्थ सुन हुन्छ जसको माता लक्ष्मीसँग सीधा सम्बन्ध हुन्छ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.