केकी र बाबुको रोमान्स विश्व भरि सबैले हेर्न पाउने


keki-and-abinash cbn
(सेलिब्रेटी नेपाल) १८ बैशाख- चलचित्र सेन्सर बोर्डले नेपाली चलचित्रको सेन्सरमा झमेला झिक्ने गरेको गुनासो धेरै निर्माता बाट सुन्नमा आइ रहेकै हो । अधिकांश चलचित्रले सेन्सर बोर्डबाट झमेला महसुश गरेका छन् तर चलचित्र ‘बितेका पल’लाई भने सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सेन्सर वोर्डबाट ‘वितेका पल’ लाई विश्वभरका जुनसुकै उमेर समुहका दर्शकले हेर्न मिल्ने गरी उक्त सर्टिफिकेट प्राप्त भएको हो । झन्झटिलो सेन्सर प्रक्रियाबाट आफ्नो सिनेमा मुक्त रहेको निर्माता राजेश घतानीले बताए । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहेको ‘वितेका पल’ मा केकी अधिकारी र बाबु बोगटीको मुख्य भूमिका रहेको छ । साथमा अभिनाष गुरुङ पनि नव प्रस्तुतीको रुपमा प्रस्तुत भएका छन् । हाई बजेटमा रहेर निमार्ण गरियको चलचित्र सफल हुनेमा निर्माण पक्ष ढुक्क देखियको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.