नायक आर्यन सिग्देललाई घडी उपहार


aaryan sigdel cbn
(सेलिब्रेटी नेपाल) १८ बैशाख- नायक आर्यन सिग्देललाई घडी उपहार दिनुपर्ने बेला आयको छ । उनि पुग्नु पर्ने जुनै कार्यक्रममा पनि उनि कार्यक्रम सकिएपछि पुग्ने गर्छन् । सोही कारण उनलाई समयमा चल्न घडी दिनुपर्ने व्यङ्ग्य सबैले गर्न थालेका हुन् ।
आर्यनले अभिनय गरेको चलचित्र महशुसको मंगलबार काठमाडौंमा पत्रकार भेटघाट तथा गीतसंगीत सार्वजनिक कार्यक्रम आयोजना गरियको थियो । सो कार्यक्रम सुरु गर्नु अघि चलचित्रको निर्माण पक्षले आर्यनलाई निकै बेर पर्खियो । तर पनि अभिनेता सिग्देल कार्यक्रम स्थलमा बोलाइएको समयभन्दा आधा घन्टापछि पनि आएनन् । सोही कारण कार्यक्रम सुरु गरियो ।
कार्यक्रम सकिएर सबै विदा भएपछि नायक सिग्देल कार्यक्रम स्थलमा टुप्लुक्क आइपुगे । उनी मंगलबार मात्र यसरी ढिला आएका हैनन् । यस अघि कलिउड, धुवाँ, यो नशा जस्ता सिनेमाको बारेमा राखिएको पत्रकार भेटघाटमा पनि उनी कार्यक्रम सकिने बेला उपस्थित भएका थिए ।
उनीले कार्यक्रम लाई महत्व दिनु भन्दा पनि आफ्नो गर्ल फ्रेन्ड संग रोमान्समा ब्यस्त भयकोले ढिला भयको बुझिएको छ । नायक आर्यन कार्यक्रम सकिय पछि आइ पुगे पनि उनको चर्चा निकै भयो उनि आफ्नो गर्ल फ्रेन्ड संगै देखिएकाले उनको सबै तिर चर्चा भयको हो । उनकी गर्ल फ्रेन्ड सपनाका अनुसार उनीहरु यसै बर्ष बिबाह गर्दै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.