हरिवंश र उनकी पत्नी रमिला कोरोना संक्रमणबाट मुक्त



काठमाडौँ। अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए ।

हरिवंश र रमिलाको रिपोर्ट पोजिटिभ आएपनि उनीहरुको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो । हरिवंश र रमिलाले १६ दिनमा कोरोनालाई जितेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.