‘टिकटक स्टार’ आयोजना हुने, विजेतालाई चलचित्रमा काम गर्ने अवसर साथै कार उपहार



काठमाडौँ। पछिल्लो समय सामाजिक संजाल टिक टक लोकप्रिय बन्दै गइ रहेको छ। टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एच.पी ईन्टरटेन्मेटको आयोजनामा ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना हुने भएको छ । घरमानै बसीबसी देशको विभिन्न स्थानमा रहेका नव प्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसर सहित कार्यक्रम गर्न लागीएको आयोजक संस्थाले बताएको छ ।

प्रतिभा भएका तर अवसरवाट बन्चित प्रतिभाका लागी आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए । उनका अनुसार कोरोना भाइरस (कोभिड-१९) ले विश्वभर पुर्याएको क्षति र लामो समय सम्मको बन्दाबन्दी पछि पनि जनजिवन कहिले सामान्यरुपमा आउँछ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली चलचित्र क्षेत्रका कामहरू पनि तत्काल सुरु गर्न सक्ने अवस्था नरहेकोले यो असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।

अनलाईनबाट नै प्रतियोगीतामा भाग लिन सकिने र विजेताहरुले चलचित्रका काम गर्ने अवसरका साथै कार,स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भाग लिन चाहने सहभागीले एच.पी ईन्टरटेन्मेटको अनलाईन पोर्टल www.ppfilmy.com गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनु पर्नेछ ।

साथै केहि समय अगाडी उक्त संस्थाले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ सम्पन्न गराएको थियो । ह्याप्पी पाठक इन्टरटेन्टमेन्टले निर्माण गरेको चलचित्र ‘नेपाल आमा’ को छायाँकन सकाएको छ चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भई रहेको निर्माण कम्पनीले जानकारी दिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.