संजय दत्तले जिते क्यान्सर



एजेन्सी । बलिउड अभिनेता संजय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई यो जानकारी दिएका हुन् । अखबारले कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको लेखेको छ ।

६१ वर्षका संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी (पीटीइ) रिपोर्टै आएको थियो । यो रिपोर्टमा उनी क्यान्सरमुक्त पाइएका छन् । पीटीइ स्क्यान क्यान्सरको सबैभन्दा विश्वासिलो जाँच मानिन्छ । यसमा पीडिको क्यान्सर सेल्सको स्थितिबारे थाहा हुन्छ ।

केही दिनअघि संजयले एक भिडियो जारी गर्दै पहिलो पटक सार्वजनिक रुपमा आफ्नो रोगबारे कुरा गरेका थिए । सेलिब्रेटी हेयर स्टाइलिस्ट अलिम हकिमले आफ्नो सामाजिक संजालमा संजय दत्तको भिडियो शेयर गरेका थिए । उनले भिडियोमा आफूले क्यान्सरलाई जित्ने बताएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.