‘माछि भुल्यो’ भन्दै पल र रियासा (भिडियो)



काठमाडौं। गायक प्रभावन जे र गायिका दीपशिखाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। माधव बहादुर थापा र प्रभावन जे को शब्द रचना रहेको गीतमा प्रभावन जेको संगीत रहेको छ।’माछि भुल्यो’ बोलको लोक तथा दोहोरी गीतमा पल शाह र रियाशा दाहाल फिचर्ड छन् ।

भिडियोको निर्देशन प्रभावन जे, छायाँकन ज्ञानेन्द्र शर्मा हुँमागाई, कास्टिङ निर्देशन राजाराम गौतम, कोरियोग्राफि सन्तोष राजवाहक, सम्पादन दिन्शन शाह, श्रृगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ । गीतको भिडियो डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।