वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक



काठमाडौँ। लामो समयको ग्याप एवंम पहिलो सिजनको सफलता पछि वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। पहिलो सिजनबाट दर्शकहरुको मन जिते पछि सिरिज निर्माण टिमले सिजन २ ल्याउन लागेको हो। युवा पुस्तालाई लक्षित गरेर बनाईएको सिरिजको ट्रेलर हासो रोदन प्रेम बिछोड आदि देख्न सकिन्छ। यहि कार्तिक ३ गतेबाट सार्वजनिक हुन लागेको सिरिज १६ एपिसोडको हुनेछ। सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानल र हिमालयन टेलिभिजमा प्रत्येक सोमबार राती ८.३० बजे प्रशारण हुनेछ।

निर्देशक मानन्धरले दिएको जानकारी अनुसार जसरी पहिलो सिजनमा सिरिजका कलाकारहरुले कमेडी ड्रामा लिएर दर्शकहरुलाई हँसाएका थिए, त्यस्तै दोश्रो सिजनमा भने समसामयी विषयलाई समेटेर सामाजिक कथावस्तु प्रस्तुत गरिनेछ। ह्याप्पी रेकर्ड्सले निर्माण गरेको सिरिजको सम्पूर्ण छायांकन काठमाडौँ उपत्यकामा नै गरिएको हो। सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान आदि रहेका छन।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन। त्यस्तै ड्रोनमा गौरव कंसाकार, मार्केटिंग एजेन्सीमा मलीन मिडिया एण्ड इभेन्ट , लाईट्समा सुमन श्रेष्ठ , मेक अपमा शृति श्रेष्ठ, साउण्डमा रिकेश सयामी, ग्राफिकमा विवेक खत्री, प्रोडक्सन म्यानेजरमा बिपिन श्रेष्ठ रहेको सिरिजको शिर्ष गीतको शब्द भने कर्ण श्रेष्ठ तथा संगीत अलमोडा राना उप्रेतीको रहेको छ। सिरिजको सम्पादन भने निदेशक स्वयम्ले गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.