हट फोटो हटाएर बलिउडबाट सन्न्यास



एजेन्सी। बलिउडबाट सन्न्यास लिने घोषणा गरेकी अभिनेत्री सना खानले ट्विटरबाट आफ्ना सबै ‘हट’ फोटो हटाएकी छन्। अब उनी कपाल ढाक्ने हिजाबमा मात्रै देखिने छिन्।

‘बिग बोस’ बाट चर्चामा आएकी नायिका सनाको यस्तो अप्रत्याशित निर्णयले उनका प्रशंसक छक्क परेका छन्। बलिउड नगरीमा नाम र चर्चा पाउन मानिसहरू वर्षौंसम्म कडा मेहनत र प्रतीक्षा गर्छन् तर सनाले त्यही उद्योगलाई ‘गुडबाई’ भनेकी छन्। कुनै बेला सलमान खानसँग काम गरिसकेकी सनाले अभिनयको दुनियाँलाई छोडेर इस्लामको दुनियाँ अपनाएकी छन्। उनले आफ्नो इन्स्टाग्राममा एक स्टाटस पोस्टगर्दै सो बारे जानकारी दिएकी हुन्। त्यसै क्रममा आफ्ना ‘हट’ फोटो इन्स्टाग्राममा प्रायः सेयर गरिरहन्थिन्। तर अब कसैले उनको इन्स्टाग्राम फलो गरेमा एउटा पनि हट फोटो देख्न पाउने छैनन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.