काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको कोरोना परीक्षण (पीसीआर) रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना भाइरसको संक्रमण आशंकामा शुक्रबार दिईएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको मदनकृष्ण स्वयंमले जानकारी दिएका छन् । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमणको आशंकामा मदनकृष्णले स्वाब दिएका थिए । हरिवंश र उनकी पत्नी रमिला आचार्यलाई केही दिन पहिले कोरोना संक्रमण देखिएको थियो ।
मदनकृष्णले सामाजिक सञ्जालमा आफूलाई कोरोना नदेखिएको उल्लेख गरेका छन् ।
हरिबंशले फोन गरेर “ दाइ, रमिला र मेरो PCR टेष्ट गराएको, रिपोर्टमा त दुबैजनालाई कोरोना पोजिटिभ पो देखायो त” भन्दा म एकछिन…
Posted by Madan Krishna Shrestha on Friday, October 9, 2020