उपासना बनिन एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर



काठमाडौँ। लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अन्य बिधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउंदै आइरहेको छ । अभिनेत्री उपासना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडीने भएकी छिन । यस सम्बन्धि सम्झौता पत्रमा उपासनाले सम्झौता गरेकी छिन । एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग उपासना ब्राण्ड एम्बेस्डरको रूपमा एक बर्षका लागि अनुबन्धित भएकी हुन ‘ अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जितेको सस्थासंग जोडीन पाएकोमा खुशी लागेको छ -‘ उपासनाले भनिन् ।

चलचित्र ‘क्याप्टेन’ र ‘कबड्डी कबड्डी कबड्डी’ मार्फत नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाएकी उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेका बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउंने छिन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.