नेपाली कलाकार हरु बिदेशका कार्यक्रम मा ब्यस्त


सेलेब्रिटी नेपाल कार्तिक १-नेपाली कलाकार हरुको राम्रो आम्दानीको स्रोत भनेको विभिन्न स्टेज शो,महोत्सब तथा बिदेश का कार्यक्रम हरु हुन् ।यति बेला दशैं का विभिन्न सांस्कृतिक कार्यक्रम र विभिन्न देश हरुमा आयोजना हुने कार्यक्रम मा कलाकार हरु ब्यस्त हुने गर्दछन्। अहिले किरण केसी, शिवहरी पौडेल, जुनु रिजाल, रामचन्द्र काफ्ले र धीरज रार्इ बेल्जियम को विभिन्न सहर हरुमा कार्यक्रम मा ब्यस्त छन् बेल्जियमपछि कलाकारको डेनमार्क, हल्याण्ड, स्पेन, पोर्चुगलमा कार्यक्रम तय भैसकेको आयोजक संस्थाकी रजनी प्रधानले जानकारी दियकी छन्। धीरज रार्इले यसपछि आफ्नो सांगीतिक कार्यक्रम स्वीट्जरल्याण्ड, फ्रान्सको पेरिस र हामबर्ग, म्युनिख, मुन्स्टर लगायतका ६ शहरमा एकल साँझ गर्ने निश्चित भएको उनका प्रायोजकले बताएका छन् ।
त्यस्तै गरेर कुटुम्ब ब्यान्ड पनि आफ्नो अभियानका साथ बेल्जियममा छ । आयोजक पासा पुच बेल्जियमका अनुसार संगीतको माध्यमबाट युवालाई एकीकृत गरी मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गर्न क्रियाशील कुटुम्ब ब्यान्डको अभियान अब यूरोपका अरु देशहरुमा पनि हुने भएको छ ।