चलचित्र, म्युजिक भिडियोलगायतमा स्वीकृतिबिना प्रहरीको पोसाक प्रयोग गरे कारबाही [विज्ञप्तीसहित]


सांकेतिक तस्वीर

काठमाडौं । चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, टिकटकलगायतमा आफ्नो पोशाक जथाभावी प्रयोग गरिएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक दुरुपयोग भएको पाइए कानुन बमोजिक कारवाही हुने स्पष्ट पारेको छ ।
वरिष्ठ प्रहरी प्रहरी उपरीक्षक कुवेर कडायतद्दारा हस्ताक्षरित विज्ञप्तिमा स्वीकृतिबिना नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक, पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्रामको प्रयोग नगर्न, नगराउन आग्रह आग्रह गरिएको छ ।

प्रहरी पोसाकको प्रयोग गर्नुपरे पोसाकको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको विज्ञप्तिमा जनाईएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.