‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक (भिडियो)



काठमाडौँ। चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक गरिएको छ । अभिनेता जय किसन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत ‘अमिलो मोई’ सार्वजनिक गरिएको हो ।

निर्देशक कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित चलचित्र ‘गोवर गणेश’ को गीतमा एलिना रायमाझीलाई फिचर्ड गरिएको छ । एलिना चौहान र नीशान भट्टराईको आवाज रहेको यस गीतमा रिमेश कुमारको संगीत रहेको छ।

जय किसान बस्नेत, सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का , शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने लगायाताको अभिनय रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ । भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई मोहन कुमार झिल्लुले खिचेका हुन ।

हरि कुमार कटुवाल निर्माता रहेको चलचित्रलाई हल खुले लगतै प्रदर्शन गरिने बताईएको छ । यस चलचित्रको डिजिटल सर्वाधिकार साईराम पिक्चर्सलाई दिइएको छ।