यात्रा–२ एल्बमले पाँच विधामा अवार्ड जित्न सफल



(सेलिब्रेटी नेपाल) १६ बैशाख-म्यूजिक खबर म्यूजिक अवार्ड २०१३ मा यात्रा–२ एल्बमले बाजी मार्दै पाँच विधामा अवार्ड जित्न सफल भएको छ । उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्न सफल यात्रा–२ एल्बमबाट गायक दीप श्रेष्ठ बादलहरु हो बोलको गीतबाट गायकको अवार्ड हात पार्न सफल भए भने तिम्रो आँखामा बोलको गीतबाट संगीतकार राजु सिंह, संगीतक संयोजक अमूल कार्की ढली, म्यूजिक भिडियो मोडल दिवस उप्रेतीले अवार्ड चुमे । यस वर्षको सुरुवातसँगै पहिलो अवार्डका रुपमा अगाडि आएको म्यूजिक खबर म्यूजिक अवार्डमा सुगम संगीत गायिकाबाट रिमा गुरुङ होडाले तिमी छैनौ र मलाई बोलको गीतबाट गायिकाको अवार्ड चुम्न सफल भइन् भने दुर्गा परियारले चलचित्र मायाज बारको कुन दिनमा बाँधेछु घुँघुरो बोलको गीतबाट उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड चुम्न सफल भइन् ।
आइतबार राजधानीको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको दोस्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१३ मा विभिन्न २८ विधाबाट उत्कृष्ट ३१ ले अवार्ड चुम्न सफल भएका हुन् । सुगम संगीततर्फ यात्र–२ ले पाँच विधामा अवार्ड हात पा¥यो भने तिमी छैनौ र मलाई बोलको गीतबाट गायिका रिमा गुरुङ र गीतकार भावेश भुमरीले अवार्ड हात पारे । त्यस्तै लोकदोहोरी तर्फ भने हाम्रो माया झन् झन् बोलको गीत अग्रस्थानमा रहन पुग्यो । यस गीतबार गायक रामजी खाँड र म्यूजिक भिडियो निर्देशक प्रकाश भट्टले अवार्ड चुमे । चलचित्र मायाज बारले पनि दुईवटा अवार्ड पायो । उत्कृष्ट पाश्र्व गायिका दुर्गा परियार र उत्कृष्ट संगीतकारको अवार्ड सुरेश अधिकारीले हात पार्न सफल भए ।
सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड मागेको छ माटोले बोलको गीतबाट केएल पीडितले हात पारे भने पप गायनबाट गायिका माण्डवी त्रिपाठी (बारुले कम्मर), गायक सोभीत बस्याल (दिनदशा) बाट उत्कृष्टताको श्रेणी चुम्न सफल भए । त्यस्तै लोकदोहोरी तर्फ गायिका मुना थापा मगर (प्रितिको फूल), उतकृष्ट भाका राजन ठकुरी (हातमा लाग्यो शून्य), उत्कृष्ट शब्द शिव सुवेदी (किन यस्तो हुन्छ), उत्कृष्ट लोकदोहोरी प्रितिको फूलबाट एकनारयण भण्डारीले अवार्ड चुम्न सफल भए भने उत्कृष्ट लोकदोहोरी नवप्रतिभाको अवार्ड भने बालकुमार श्रेष्ठ (धर धर आँसु) ले प्राप्त ग¥यो । त्यसैगरी उत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडलतर्फ साइलाले त्यसै गाउँदैनबाट शंकर बिसी र आज माया मसँगबाट अञ्जु निरौलाले हात पारे ।
चलचित्र विन्दासको बाटो मोडेर गयौं बोलको गीतबाट गायक शिव परियार उत्कृष्ट पाश्र्व गायक ठहरिए भने चलचित्र धुवाँ यो नशाबाट नरेश भट्टराई उतकृष्ट चलचित्र गीतकारको अवार्ड हात पार्न सफल भए ।
सुगम संगीत नवप्रतिबाट गायक अमिर शेख र गायिका काव्य आचार्यले अवार्ड हात पार्न सफल भए भने अन्जु पन्त र योगेन गुरुङले उत्कृष्ट युगल गायनको अवार्ड चुमे । त्यस्तै उत्कृष्ट ध्वनि मिश्रणको अवार्ड भने श्यामश्वेत रसाइलीले तिमीलाई सन्चो छैन बोलको गीतबाट अवार्ड प्राप्त गरे ।
त्यसैगरी सुगम संगीततर्फ उत्कृष्ट म्यूजिक भिडियो निर्देशकका रुपमा पत्रकार प्रदीप निरौलाले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो मोडल महिलातर्फ भने सविना कार्की (तिमीसित नजर जुधाइ)ले अवार्ड हात पारिन् । उत्कृष्ट गजलतर्फ भने गजलकार मधु साश्रु उत्कृष्ट ठहरिँदै अवार्ड हात पारे भने पब्लिक च्वाइस अवार्ड भने यसपाली राष्ट्रिय गीतबाट झुक्या छैन कहिल्यै बोलको गीतबाट तारानाथ गौतमले हात पार्न सफल भए ।
अवार्ड कार्यक्रममा अवार्ड प्रदान गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.