सेलिब्रेटी नेपालको ब्यानरमा चलचित्र बन्दै, मुख्य अभिनेतामा नाजिर


काठमाडौं । अभिनेता नाजिर हुसेनले नयाँ चलचित्र साइन गरेका छन् । उनले सोमबार सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने एक ‘अनटाइटल’ चलचित्र साइन गरेका हुन् । रघुनाथ सापकोटा निर्माता रहने चलचित्रमा यम थापाको पटकथा तथा संवाद रहने छ । चलचित्रको नाम, निर्देशक तथा अन्य कलाकारहरु भने फाइनल गरिएको छैन् ।

सामाजिक कथावस्तुमा बन्ने चलचित्र फागुनबाट फ्लोरमा जाने निर्माणपक्षको योजना छ । नाजिर राम्रो अभिनय क्षमता भएका अभिनेता हुन् । उनले लकडाउनपछि यसअघि सन्तोष सेनको ‘हुतुतु’ पनि साइन गरिसकेका छन् । म्युजिक भिडियोमा पनि उनको व्यस्तता लोभलाग्दो छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.