मल्लिका सेरावतको ठाउँमा पोर्न स्टार सन्नी


चलचित्र ‘वेलकम’ को सिक्वेल बन्ने घोषणा गर्दाको समयमा अक्षय कुमार बाहेक सबै कलाकार पुरानै दोहोर्याउने  निर्माण कम्पनिले बताएपनि अहिले आएर मल्लिकालाई हटाउने निर्णय भएको छ । अक्षय कुमारको ठाउँमा जोन मल्लिका सेरावतको ठाउँमा पोर्न स्टार सन्नी लियोन लाई राख्ने निर्णय भयको निर्माण पक्षले सार्बजनिक गरेको छ । आफ्नो हातमा राम्रा चलचित्र नभएर सुस्ताएकी मल्लिका चलचित्र ‘वेलकम’ को सिक्वेल बन्ने भएर निकै खुसि भएकी थिइन् तर उनको खुसि भने लामो समय सम्म टिक्न सकेन् । अहिले चलचित्रका निर्माताले मल्लिकाको ठाउँमा सन्नी लियोनलाई लिने भएपछि उनको खुसि सेलाएर गयो । यसले के देखाउँछ भने मल्लिकाको सेक्सी छवि विस्तारै हराउदै गएको छ र त्यो स्थान सन्नीले लिन थालेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.