चलचित्रकर्मी केशव भट्टराई परिवारलाई ३३ लाख हस्तान्तरण



काठमाडौँ । तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष एंव कलाकार तथा निर्माता केशब भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितिले सहयोग रकम हस्तारण गरेका छन् ।

चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमको आयोजना गर्दै समितिका संयोजक तथा निर्माता राजकुमार राईले स्वर्गिय भट्टराईका धर्मपत्नी नीता भट्टराईलाई सहयोग बाट उठेको सबै रकम जनही ३४ लाख हस्तानतरण गरेको हो । समितिले सहयोग रकम संकलन गर्न कलाकार तथा फिल्मकर्मीहरुलाई आह्वान गरेको थियो ।

देश तथा विदेशमा रहेका फिल्मर्कीहरुले उक्त अभियानमा साथ दिदै सहयोग गरेका थिए । विदेशमा रहेका फिल्मकर्मी नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, शुरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती,

गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, रिचा घिमिरे, दिलिप रायमाझि, जल शाह, सारङगा श्रेष्ठ, राज भल्लव कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामालगायतका सयौं कलाकारहरुले लाखौंको मात्रामा सहयोग पठाएका छन् ।

यस्तै नेपालबाट समितिमा रहेका सदस्यहरु स्वंम र अन्य चलचित्र कर्मीहरुले पनि रुपैया संकलन गरेका छन् । जसमा राज कुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जवरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझ, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, फिल्म आमा टिम, आकाश अधिकारी, शिशिर भण्डारी लगायतले सहयोग गरेका छन् ।

जीवनको उत्तरार्धसम्म फिल्म क्षेत्रमा लागि परेका स्वर्गिय भट्टराईले दर्जन बढि फिल्म निर्माण गरेका छन् । उनले आफ्नो मान्छे, छोडि गए पाप लाग्ला, देवर बाबु, ब्रासलेट, सो सिम्पल, यात्रालगायतका फिल्म निर्माण गरेका छन् । फिल्म निर्माणमै उनले आफ्नो जायजेठा समेत सकाएका थिए ।

पछि उनले आफ्नो सञ्चय कोष र सर सापटी गरेर एक अपार्टमेन्ट खरिद गरेका थिए । विद्युत प्राधिकरणको जागिरबाट राजिनामा दिएर चलचित्र विकास बोर्डको अध्यक्ष बनेका भट्टराईको ६ महिना नबित्दै असमायिक निधन हुन पुग्यो ।

त्यसपछि परिवारमा देखिएको विविध समस्यालाई समाधान गर्न सहयोग पुग्ने गरि राज कुमार राईको संयोजकत्वमा नरेन्द्र महर्जन, दीपा श्री निरौला, आकाश अधिकारी, प्रकाश सुवेदी, बसुन्धरा भुषाल, निकिता पौडेल, गिरिश शर्मालगायत सदस्यहरु रहने गरि सहयोग समिति गठन गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.