सौगात र सृष्टि अभिनित ‘तिन जन्तु’को टिजर सार्वजनिक (भिडियो)



काठमाडौँ। सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘तिन जन्तु’को टिजर सार्वजनिक गरिएको छ। अर्पण थापाले निर्देशन गरेको चलचित्रको पचास सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। चलचित्रमा सौगात र सृष्टिका अलावा अर्पण थापा,रविन तामाङ,कालु रानाको अभिनय रहेको छ। चलचित्रमा आलोक शुक्लाको छायाँकन,मिलन श्रेष्ठको सम्पादन रहेको छ।

चलचित्रले २०३० सालमा घटेको एउटा घटनालाई देखाउन खोजेको छ। हरि तामाङ,सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको चलचित्र पुष १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ। चलचित्रलाई रिच इन्टरटेन्मेन्ट, जि.जि.ए ग्रूप र एफ.डी कम्पनीले वितरण जिम्मा लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.