मिलनको चलचित्रमा साम्राज्ञी अनुबन्धित



काठमाडौँ। चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकि अभिनेत्री साम्राज्ञी आरएल शाहले ड्रिम्स पछि कहिल्यै पछाडी फर्कनु परेन। केहि समय अघि अभिनेता भुवन केसी संगको विवादले चर्चामा आएकी साम्राज्ञीले अहिले धमाधम चलचित्रमा साइन गरि रहेकी छिन्। यसै हप्ता मात्र अभिनेता पल शाह संग चलचित्र ‘रेड वाइन’मा अनुबन्धित भएकी साम्राज्ञीले मिलन चाम्सको नयाँ चलचित्रमा पनि काम गर्ने पक्का भएको छ। समाचार श्रोतका अनुसार एक महिना अघि नै साम्राज्ञी संग मिलनले सम्झौता गरेका थिए।

श्रोतका अनुसार हाल चलचित्रको फाइनल स्क्रिप्टको काम भई रहेको छ। साम्राज्ञी संग अपोजिट अभिनेता को हुने भन्ने फिक्स भई सकेको छैन। एक्सन चलचित्र ‘हँसिया’बाट निर्देशनमा डेब्यु गरेका मिलन चाम्सले सबै जनराको चलचित्र निर्देशन गरि सकेका छन्। ‘बिर बिक्रम’,’ब्लाइन्ड रक्स’,’बबी’,’लिली बिलि’,’बिर बिक्रम २’ जस्ता चलचित्र निर्देशन गरि सकेका चाम्सको चलचित्रमा साम्राज्ञी कस्तो भूमिकामा अनुबन्धित बनिन् त्यो त पछि नै थाहा हुनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.