भारतमा ‘शान्तिदूत अवार्ड’ बाट सम्मानित भए नेपाली कलाकार



एजेन्सी। विश्व शान्ति दिवसको अवसरमा पीस अफ इन्डियाले जयपुरको दिल्ली रोडस्थित एक होटलमा सोमबार आयोजना गरेको सम्मान समारोहमा नेपाली अभिनेत्री तथा मोडल नीतु कोइराला र गायिका सञ्जु न्यौपाने ‘शान्तिदूत अवार्ड’ बाट सम्मानित भएका छन् । नीतु र सञ्जु उक्त कार्यक्रममा सहभागिता जनाउन काठमाडौंबाट जयपुर पुगेका हुन् ।

समारोहमा मुख्य अतिथि भारतका शहीद ए आजम सुखदेव थापरका भतिजा अशोक थापर तथा सन्दीप थापर, पीस अफ इन्डियाका राष्ट्रिय अध्यक्ष विशाल भारद्वाजले नेपाली कलाकार नीतू कोइराला तथा गायिका सञ्जुलाई शान्ति दूत अवार्डद्वारा सम्मान गरेका हुन् ।उक्त समारोहमा कारगिल मन्त्री सैयद अब्बास रिजवी, हीरा ताई पंवार, टेलिभिजन कलाकार शौर्य सक्सेना, प्रतिष्ठा ठाकुर आदि पनि सम्मानित भएको नेपाली कलाकार नीतू कोइरालाले जानकारी गराएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.