पल र साम्राज्ञीको जोडी ‘रेड वाईन’ मा



काठमाडौँ। लामो समयदेखी सन्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सन्चार क्षेत्रसंगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन । हाल बोधी एच डी टिभी नेपाल र अमेरिका मार्फत सन्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ चलचित्र निर्माण गरिसकेका छन । हाल अमेरिकामा रहेका पौडेल अब अर्कों चलचित्रको निर्माणमा जुटेका छन । अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने यो चलचित्रको नाम ‘रेड वाइन’ राखिएको छ।

प्रेम कथामा बन्ने चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आर एल शाहको जोडी बांधिने भएको छ । यो चलचित्र मार्फत निर्माता रमेश एम के पौडेल निर्देशकको रूपमा आउने भएका छन । चलचित्रमा कथा,गीत लेखन र निर्देशन पौडेलकै रहने छ । पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दैछिन । इमिलिले अमेरिकामा बनिरहेका म्यूजिक भिडियोहरूमा काम गरिरहेकी छिन । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित ब्याबसायी पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । चलचित्रको सह निर्मातामा निरू भण्डारी रहेकी छिन ।

आर्यन फिल्मस् प्रोडक्शन प्रा. लि र बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र सम्बाद सबिर श्रेष्ठले तयार पारेका हुन । चलचित्रको सम्पूर्ण छायांकन कोरोनाको अबस्था हेरेर दशै र तिहारको बिचमा अमेरिकामा गरिने तयारी भैरहेको छ । चलचिमा ८८४८ मिडियाको पनि आबद्दता रहने छ ।