‘जुलुङ्गो’बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट



काठमाडौं । राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर क्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’अन्तर्गत छनोट भएको हो ।

बुसानले हालै सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्ट प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको जनाएको छ । यो सँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ ।

‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ प्रतिस्पर्धाका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुङ्गो पनि परेको हो । ‘जुलुङ्गो’ बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहीबारे पोस्टर सार्वजनिक गरेको छ ।

नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरु र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङक) हुन् । पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ । फिल्ममा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ ।