चलचित्र क्षेत्र खुलाउन पहल गरिरहेका छौं : बोर्ड अध्यक्ष दाहाल


काठमाडौं । कोरोनाका कारण बन्द भएका विभिन्न क्षेत्रहरु क्रमश खुल्दैछन् । सरकारले भोलि अर्थात असोज १ गतेदेखि लामो दुरीका सवारी साधन, आन्तरिक हवाई उडान, होटल खोल्न अनुमति दिएको छ । तर, चलचित्र क्षेत्रबारे सरकारले कुनै निर्णय गरेको छैन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल ६ महिनादेखि ठप्प चलचित्र क्षेत्र अब खोल्नुपर्ने बताउँछन् । उनी प्रायः सबै क्षेत्र खुल्दा चलचित्र क्षेत्रपनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्नुपर्ने र यसका लागि पहल गरिरहेको बताउँछन् । बोर्डले हल संचालनबारेकोे मोडालिटी डेढ महिना अगाडि नै सञ्चार मन्त्रालयमा पठाईसकेको बताउँदै अध्यक्ष दाहालले अहिले पनि मन्त्रालयमा यसबारे पहल गर्दै आएको बताए । उनले यस विषयमा बुधबार (आज) चलचित्र सम्बद्ध विभिन्न संघका पदाधिकारीहरुसंग आफ्नो छलफल भएको बताए ।

बिहीबार चलचित्र संघ र निर्माता संघका पदाधिकारीसहितको टोलिले कोरोना भाइरसको नियन्त्रणका लागि गठित उच्च स्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग भेटेर हल संचालनको अनुमतिबारे कुरा अगाडि बढाउने योजना रहेको बोर्ड अध्यक्ष दाहालले सेलिब्रेटी नेपाललाई जानकारी दिए । ‘अब चलचित्र हललाई पनि संचालनको अनुमति दिईनुपर्छ । सायद, छिट्टै यसबारे सकारात्मक निर्णय हुनेछ’– उनी भन्छन् ।

कोरोना संक्रमणका कारण चैत ६ गतेदेखि चलचित्र हल ठप्प छन् । लामो समयदेखि चलचित्र हल ठप्प हुँदा हल व्यवसायी, हजारौं प्राविधिकहरु मर्कामा परेका छन् । रिलिजका लागि तयार चलचित्र रोकिएका छन् । छायाँकनसमेत बिचमै रोकिन पुगेका चलचित्रको बाँकी छायाँकन पुरा हुन पाएको छैन । चलचित्र क्षेत्रका कलाकारहरु पनि फूर्सदिला छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.