अरबाज खानसँग डिभोर्सपछि माइतीमा मलाइका



एजेन्सी। बलिउड अभिनेत्री मलाइका अरोराले करिब दुई वर्षपछि पारिवारिक भेटघाटको कार्यक्रममा सहभागिता जनाएकी छन्। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि उनले खुलेर कुनै पनि पारिवारिक कार्यक्रममा सहभागिता जनाउन पाएकी थिइनन्। झन् पछि अर्जुन कपुरसँगको प्रेम चर्चाका कारण उनी पारिवारिक भेटघाटमा जान छाडेकी थिइन्। अन्तत: लामो समयपछि उनी माइत गएकी हुन्।

‘ओणम्’ नामक पर्व मनाउन आमाको निम्तोमा मलाइका माइत पुग्दा उनको स्वागतमा विशेष परिकार तयार पारिएको थियो। छोरीको सम्मानमा उनकी आमाले उप्पल, इनजी पुली, कनिमंगाअचर, मंगा अचर, वडुकापुली नारंगा अचार, चमनथी, मोरमुमुलाकु, काया वररथतुलगायत २५ व्यञ्जन तयार पार्न लगाएकी थिइन्।

सन् २००५ मै स्टार प्लस च्यानलको ‘नाच बलिए’ कार्यक्रममा निर्णायक रहिसकेकी मलाइका हाल सोनी च्यानलको इन्डियज बेस्ट डान्सर कार्यक्रममा निर्णायकको भूमिकामा छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.