वेव सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक


काठमाडौं। नेपाली वेव सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार वेव सिरिजको ट्रेलर ओएसआर डिजिटलको यु्टयुबमा सार्वजनिक गरिएको हो। यो वेव सिरिज चाँडै ओएसआरकै युट्युबमार्फत प्रसारण हुने तयारीमा छ।

यस वेव सिरिजमा दर्शकमाझ चिनिएका कलाकारहरुको अभिनय छ। सिरिजमा सम्पदा बानियाँ, दिवस धिताल, सुशील पोखरेल, धु्रव कोइराला, विशाल पहाडी, अनिता के.सी., गोकुल सुवेदी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिग्देल, सोनु बिसी, पूनम गौतम, राजाराम गौतम, राज कुमार दर्जीको अभिनय छ। सिरिजलाई मौनता श्रेष्ठले लेखेका हुन्।

एनवी महर्जन र उनको टिमले निर्माण रहेको ‘सतरञ्ज’को निर्देशक पनि एनबी महर्जन नै हुन्। प्रज्ज्वल राउत गोकुुलको छायाँकन रहेको वेव सिरिजमा विश्व माझी चिफ ए.डी., शंकर महर्जन द्धन्द्ध निर्देशक, संजोग राना एसोसियट निर्देशक रहेका छन्। सत्यम राना र वसन्त घर्ती मगरको भिएफएक्स रहेको सिरिजको सम्पादन जिम्मेवारी सुवास देवकोटाको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.