जयकिशन बस्नेत बने ‘गोबर गणेश’



काठमाडौँ। कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको कमेडी एक्सन बेसमा आधारित चलचित्र ‘गोबर गणेश’ को २०७७ भाद्र १४ गते आइतबारका दिन काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ। चलचित्रको छायांकन यसै महिनाको अन्तबाट गरिने निर्देशक कल्याण अधिकारीले बताएका छन।

चलचित्र ‘गोबर गणेश’ मा प्रमुख पात्र जय किसान बस्नेत रहेका छन् अन्य कलाकारमा सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने, सम्पूर्ण सुनार, प्रेम दूध राज,देव गौतम,सुबिन थिङ छन् ।

भोमन कटुवालको कथा रहेको चलचित्रमा भोमन कटुवाल र कल्याण अधिकारीको संवाद।राजु किराँतको द्वन्द, माधव भण्डारी र रिमेस कुमारको संगीत,अनिल कुमार महर्जनको सम्पादन,मोहन कुमार झिल्लुको छायांकन रहनेछ। हरि कुमार कटुवालको लगानीमा निर्माण हुने चलचित्रको यो कोरोना भाइरसको प्रकोपको कारण थोरै व्यक्तिहरु मात्र उपस्थित भएर शुभ साइत गरिएको निर्माण टिमले जानकारी गराए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.