‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत



काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को–हजब्याण्ड'(सहायक श्रीमान्) ले प्रथम पुरस्कार जितेको हो ।

रुस,अमेरिकालगायत देशका चलचित्रकर्मी सहभागी निर्णायकमण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान्’लाई प्रथम पुरस्कारस्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेको हो । ‘सहायक श्रीमान्’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड कार्यक्रममा सहभागी हुँदै यो सफलता नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान भएको बताए । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करीब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट चलचित्र निर्माण गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.