‘हिजो आजका कुरा’ निर्देशक पन्तले गरे इन्गेजमेन्ट



काठमाडौँ। चलचित्र ‘हिजो आजका कुरा’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक साकार पन्तले इन्गेजमेन्ट गरेका छन्। काठमाडौँ जोरपाटी निवासी आयुशी खनाल संग पन्तको लगन गाँठो कसिने भएको हो। कोरोना भाइरस र सरकारले जारि गरेको निसेधाज्ञा कारण परिवारका केहि सदस्यहरुको मात्र उपस्थितिमा इन्गेजमेन्ट सम्पन्न भएको पारिवारिक श्रोतले बताए। लामो समय देखि प्रेममा रहेको यो जोडीको बिवाहको भने मिति फाइनल गरिएको छैन।

कलाकार सन्तोष पन्तका छोरा साकार पन्त निर्देशित चलचित्र बैशाख १२ गते बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको थियो। कोरोना कहर र लक डाउनको चलचित्रको प्रदर्शन रोकियो। चलचित्र ‘हिजो आजका कुरा’को कथा सन्तोष सन्त र साकार पन्तले तयार पारेका हुन् । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, रिमा विश्वकर्मा,ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्कीको मुख्य भूमिका रहेको छ । अब चलचित्र हल कहिलेबाट खुल्छ र चलचित्रको प्रदर्शन कहिले हुन्छ अनिश्चित बनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.