आगामी बर्षदेखि सबै स्कुल र कलेजमा चलचित्र पढ्न पाइने


रघुनाथ सापकोटा

काठमाडौं । नेपाली चलचित्रको इतिहास पाँचदशकभन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपाली चलचित्रले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशकदेखि अहिलेसम्म आउँदाप्रविधिमा केही परिवर्तन देखिएको छ । चलचित्रको कथा वाचनशैलीमा केही परिवर्तन आएको छ । नेपाली चलचित्र हेर्ने संस्कार भने शुरुको दशकभन्दाअहिले कम हुदै गईरहेको छ । नेपाली चलचित्र क्षेत्रमाअध्ययन गरेर भन्दा हेरेर, देखेर र सिकेर आएका चलचित्रकर्मीहरु धेरै छन् ।

पछिल्लो समय नेपाली चलचित्रकर्मीहरुको विवाद हेर्दा लाग्छ चलचित्र क्षेत्र सबै भन्दाअबुझ क्षेत्र झै लाग्छ । चलचित्रक्षेत्रमा कोही पनि चलचित्रकर्मी सचेत हुनुपर्ने मानसिकताका छैनन् । त्यसको प्रमूख कारण चलचित्र क्षेत्रले शुरुवाती दिनदेखि दिन नसकेको संस्कार र शिक्षा हो । यी कुराहरुमा परिवर्तन ल्याउन, आम मानिसमा नेपाली चलचित्रको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ ।

समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामी बर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गर्नेछ । आगामी बर्ष देखि विद्यालय स्तरबाटै चलचित्रवारे पढ्न पाईने विकास बोर्डको जनाएको छ । निमावी तह देखि कलेज र सबै क्याम्पसहरुमा चलचित्रवारे शिक्षा शुचारु गर्न सके नेपालीकला, संस्कृति र साहित्यको महत्व बढ्नेछ । नेपाली चलचित्रको संस्कार बृद्दी हुनेछ । चलचित्रको इतिहास जिवित रहनेछ । प्रत्यक्ष अप्रत्यक्ष नेपाली चलचित्रको दर्शक बढ्नेछ ।

अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा चलचित्रलाई समेट्न लागिएको हो ।शुरुमा विद्यालयस्तर र त्रिभुवनविश्वविद्यालय अन्तर्गतका पाठ्यक्रममा चलचित्रलाई समेट्ने तयारी गरिएको छ । त्यसपछि सबै विद्यालय र कलेजहरुमा चलचित्रको विषयपनि पढ्न सकिनेछ । यसले भविष्यमा गएर चलचित्रप्रति रुचीहुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ, पाठ्यक्रमविकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए ।

विकास बोर्डका अनुसार स्कुल तहदेखि नै चलचित्रको ईतिहास, साहित्यीकपक्ष र प्राविधिकपक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए । उनकाअनुसार ढिलोचाँडो यसको शुरुवात हुदैछ । यो चलचित्र विकास बोर्डको लागि मात्र हैन , आम नेपालीहरुको लागि सुखद् पक्ष पनि हो । चलचित्रबाटै नेपालीकला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागिपनि यो आवश्यक रहेको बोर्डले जनाएको छ ।