प्रोजेक्ट बाजा नेपालको ‘लाखे’ धुन सार्बजनिक(भिडियो)



काठमाडौँ। प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा ‘लाखे’ धुन सार्बजनिक गरिएको छ। नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ। कला संस्कृतिले धनि हाम्रो जस्तो मुलुकमा भएको बिबिधतालाइ समेट्दै परापुर्ब काल देखि चल्दै आएको नेपालको संस्कृतिलाइ विश्व सामु परिचित गराउने उदेश्यले सुरु गरिएको प्रोजेक्ट बाजा नेपाल संस्था अहिले लोकप्रिय बन्दै गएको छ। सन् २०१८ मा प्रोजेक्ट बाजा नेपाल संस्था स्थापना भएर लगातार रुपमा मौलिक कला संस्कृतिको उत्थानमा यो संस्था क्रियासिल रहेको छ।

नेवारी कल्चर आफैमा सम्बृद तथा धनि छ, नेवारी समुदायले मनाउदै आएको लाखे विश्व प्रसिद्द मानिन्छ। बर्षै पिछे महत्वपुर्ण पर्बको रुपमा मनाइदै आएको लाखेको पनि आफ्नै महत्व र बिशेषता रहेको छ। लाखे नाच नाच्ने बेला बज्ने धुनले सबैलाई मन्त्रमुग्द बनाउदै आएको छ भने सबै जातजाति भाषा भाषी र धर्ममा बिश्वास गर्नेहरुले समेत लाखेलाइ बिसेष रुपमा हेर्दै आएका छन्।

प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा तयार पारिएको लाखे धुनलाइ सुरेशराज बज्राचार्य र बिपु श्रेष्ठले संकलन गरेका हुन् भने फिरोज बज्राचार्य र सुरेशराज बज्राचार्यले संगीत संयोजन गरेका हुन्। सार्बजनिक धुनको लाखे भिडियोलाइ जनकराज अधिकारि, सुजित नापित र ओभासो शाक्यले छायांकन गरेका छन् भने ओभासो शाक्यले निर्देशन गरेका हुन्। भिडियोको डिओपी र सम्पादनमा अनुप पौडेल रहेका छन्।

दर्शकहरूले नकारात्मक उर्जामा सकरात्मक शक्ति जित्ने यो पुरानो धुन “अनुष्ठान” अभ्यासको पछाडि वास्तविकता प्रदर्शन गर्ने प्रोजेक्ट बाजा नेपालको प्रयासलाई सम्पूर्ण संगीतप्रेमीले कदर गर्ने बिश्वास लिएका छन् । भिडियो हेर्नुहोस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.