पुराना स्टार बिराज र नयाँ स्टार जीवनको भिडन्त


(सेलिब्रेटी नेपाल) १३ बैशाख-आजको शुक्रबारबाट दुई नेपाली चलचित्र ‘मेरो मनको साथी’ र ‘हिम्मत २’ सार्बजनिक प्रदर्शनमा आयका  छन् । देशभर एकसाथ रिलिज हुने “मेरो मनको साथी” नयाँ चलचित्र हो। “हिम्मत २” भने मोफसलका हलहरुमा दुई बर्ष अगाडी नै सार्बजनिक प्रदर्शनमा आइसकेको चलचित्र हो।
राजेश शाहीको निर्माणमा तथा प्रदीप श्रेष्ठको निर्देशन रहेको चलचित्र “मेरो मनको साथी” मा राजेश हमाल, जीवन लुईटेल, आयुष रिजाल, सुनिलदत्त पाण्डे, मिथिला शर्मा तथा नवप्रस्तुतीको रूपमा जस्मिन श्रेष्ठले अभिनय गरेका छन् भने  चलचित्र  ‘हिम्मत २’ दीपक श्रेष्ठले निर्देशन गरेका हुन्। यो चलचित्रमा बिराज भट्ट र युना उप्रेतीको मुख्य भुमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.