जन्मदिनमा भिडियो पोष्ट गर्दै दीपाले मागिन माफी


काठमाडौं। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ‘महानायक’ विवादमा दर्शकसंग हात जोडेर माफी मागेकी छिन्।

जन्मदिनको अवसरमा आईतबार बिहान फेसबुकमा पोष्ट गरेको भिडियोमा उनले भनेकी छिन्, –‘मेरो अभिब्यक्तिले यहाँहरुको मन दुखेको छ, आफ्नै दिदी बहिनी सम्झेर माझी दिनुहोला।’

उनले समस्यासंग भाग्नुभन्दा समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा भएको बताएकी छिन्। आफ्नो २९/३० वर्षको कलाकारिता यात्रामा आधि समय पीडादायी भएको उल्लेख गरेकी छिन्। तर २०६० सालमा हाँस्य टेलिसिरियल ‘तीतोसत्य’ आएपछि दर्शकहरुको साथ, सपोर्ट र मायाले आफूले कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको दीपाले बताएकी छिन्।  सिरियल पछि निरन्तर ६/७ वटा चलचित्रमा दर्शकको धेरै माया पाएपछि व्यक्तित्व विकासमा आफ्ना कमी कमजोरी रहेको स्वीकारेकी छिन्। उनले भनेकी छिन्, ‘कामको सफलता त पाए तर व्यक्तित्व विकासमा अझै कमजोरी रहेछ। जस्तोकी मिडियामा कसरी फेस हुने, कसरी शिष्ट हुने, कसरी सरल हुने, मिडियामा बोल्दा चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने, यो कुरामा मेरो अझै कमजोरी रहेछ। यस घटनापछि त्यो फिल गरे।’

उनले त्यो अन्तवार्तामा आफूले तीन गल्ति गरेको बताएकी छिन्। उनले आफ्नो कारण दीपकराजसंगै आफ्नो टिमलाई नै गाली गलौज गरिएकोमा आत्मग्लानी भएको उल्लेख गरेकी छिन्।  दीपाले अहिले सबैको मायाले आफू फेरि उठ्न सकेको बताएकी छिन्। भिडियोको अन्त्यमा उनले प्रण पनि गरेकी छिन्, –‘अबदेखि कहिल्यै पनि यस्तो गल्तीहरु दोहोर्याउँदिन। आफ्नो ब्यक्तित्व विकासमा पनि आफ्नो समय खर्चिन्छु। दर्शकहरुले यति धेरै माया दिइरहनुभएको छ। मेरो प्यारा दर्शकहको लागि म राम्रो फिल्म बनाउने कोशिश गर्छु।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.