पूर्व प्रधानसेनापतिको टिकटकमा अभिनय (भिडियो)



काठमाडौं। नेपाली सेनाका पूर्व प्रधानसेनापतिले मनोन्जनात्मक सोसल मिडिया टिकटकमा अभिनय गरेको भिडियो सार्वजानिक भएको छ। आफ्नो कार्यकालमा निकै शक्तिशाली मानिएका सेनापति गौरवशमशेर राणा र उनकी पत्नी डली राणाले एउटा नेपाली गीतमा अभियन गरेका छन्।

तारादेवीको ‘ए कान्छा मलाइ सुनको तारा झारी देऊ न, त्यो तारा मात्र होइन जून पनि झारी दिउँला’ बोलको गीतमा राणा दम्पत्तिको अभियन यतिबेला सैनिक बृत्तमा चर्चामा छ।

बबरमहलस्थित आफ्नै निवास कम्पाउण्डमा बनाएको सो टिकटक भिडियोमा पूर्वसेनापति राणा, उनकी पत्नीसहित राणाका भाइ उपेन्द्र र बुहारी स्नेहा राणाले समेत अभियन गरेका छन्। राणाका भतिज पराक्रम राणाले आफ्नो टिकटक आईडीमार्फत पूर्वसेनापति दम्पत्तिको अभियनको भिडियो सार्वजानिक गरेका हुन्।

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस