श्रीमतीको सुस्वास्थ्यको लागि गायक प्रमोद बसे तीजको व्रत


काठमाडौं। आज हरितालिका तीज। आजको दिन सामान्यतया श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ। तर, गायक प्रमोद खरेल आफ्नी श्रीमती (दीपा)का लागि तीजको व्रत बसेका छन्।

खरेलले आफ्नी श्रीमती तीन महिनादेखी विरामी रहेका कारण यसवर्ष आफू उनका लागि व्रत बसेको ट्विटमार्फत जानकारी दिएका छन्। ‘श्रीमतीले आजका दिन सधैँ श्रीमानको लामो आयुका लागि व्रत बस्छन्, तर उनी बिरामी भएको ३ महिना भयो, सुधार धेरै भए पनि उनी यसपालि सक्दिनन्,’ उनले अगाडी लेखेका छन् –‘यसपाली म उनको लागि किन नबस्ने ? यसपाली मैले उनको लागि व्रत बस्दैछु।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.