निर्देशक पाठकलाई मातृशोक



काठमाडौं। चलचित्र निर्देशक केपी पाठकलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा कृष्ण कुमारी पाठकको आज निधन भएको छ ।

चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष पाठकले फेसबुकमा एउटा स्टाटस लेख्दै आमाको स्वर्गवास भएको जानकारी गराएका हुन् । उनले लेखेका छन् ‘हाम्रो शिरबाट ममताको छायाँ सधैंका लागि हट्यो । आमा अब हामीसंग रहनु भएन ।’ चलचित्र ‘मैना’को निर्देशन गरेर चर्चामा आएका पाठकले थुप्रै चलचित्र निर्देशन गरि सकेका छन् । पाठकको अध्यक्षतामा अन्तरराष्ट्रिय फिल्म महोत्सव निफको नियमित आयोजना हुने गरेको छ।

निर्देशक पाठक तथा सम्पूर्ण पाठक परिवारप्रति हार्दिक समवेदना ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.