निर्देशक समाजको पहलमा चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान



काठमाडौँ । नेपाल चलचित्र निर्देशक समाजको पहलमा चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । निर्देशक समाजका मह सचिव जनक दीप पराजुलीको पहलमा लामो समय देखि अमेरिका बस्दै आएका चलचित्र निर्देशकहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो । उक्त आर्थिक सहयोग २० बर्ष देखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा लाइटको काम गर्दै आएका राजु फुयाँल र कला निर्देशक जुंगे भट्टराईलाई प्रदान गरिएको छ।

कोरानाको महामारी र लकडाउनको समयमा पनि अमेरिकाबाट प्राप्त सहयोगको लागि चलचित्र निर्देशक समाजले हार्दिक धन्यवाद सहित आभार प्रकट गरेको छ । यसबाट विश्वभरी छरिएर रहेका चलचित्रकर्मी र चलचित्र निर्देशकहरु अप्ठ्यारो परेको बेलामा एकै ठाउँमा छन् भन्ने सन्देश गएको कुरा समाजका महासचिव जनक दीप पराजुलीले बताए ।

अमेरिकाबाट सहयोग गर्ने चलचित्र निर्देशकहरुमा नारायण पुरी (१११ डलर) कृष्ण चापागाइँ (१०० डलर),अशोक श्रेष्ठ (५५ डलर), इश्वर थापा (५५ डलर),दिनेश कार्की (५१ डलर), गोपाल चन्द्र लामिछाने (५१ डलर), यादब सिलवाल (५० डलर) , किशोर सुब्बा (५० डलर), सुमन दाहाल (५० डलर),गोपाल चन्द्र लामिछाने (५१ डलर), अक्की शर्मा (५१ डलर),अनिल संग्रौला (५० डलर) रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.