हिंदी फिल्मको शुरुआत ताकाकी पार्श्वगायिका शमशाद बेगमको निधन


हिंदी फिल्मको शुरुआत ताकाकी पार्श्वगायिका शमशाद बेगमको मुंबईमा गए  राति निधन भएको छ । भारतीय समाचार एजेंसी पीटीआईसँग कुरा गर्दै शमशादकी छोरी उषाले आफ्नी आमाको केही महिनादेखि स्वास्थ्य अवस्था ठिक नभएको र उपचारका क्रममा अस्पतालमै निधन भएको बताएकी छन् ।
बेगमका नजिकका साथी र केही आफन्तहरुको उपस्थितिमा उनको अंतिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पंजाब  अमृतसरमा १४ अप्रैल १९१९ मा जन्मिएकी शमशाद बेगमले शुरुमा पेशावर रेडियोमा काम गरेकी थिइन् । त्यसपछि उनले अल इंडिया रेडियोका लागि पनि गीत गाइन् ।
सन् १९४० र ५० को दशकमा शमशाद बेग़मका गीतहरुले बजार पिटेका थिए । ‘सीआईडी’ फिल्मको ‘लेके पहला पहला प्यार’ र ‘कहीं पे निगाहें’, ‘पतंगा’ को ‘मेरे पिया रंगून’ अहिले पनि चर्चामा छन् । त्यस्तै ‘किस्मत’ फिल्मको ‘सैंया दिल में आना रे’ र ‘कजरा मोहब्बत वाला’ पनि उत्तिकै लोकप्रिय गीत हुन् ।
सन् २००९ मा शमशाद बेगमलाई भारत सरकारले ‘पद्म भूषण’ पुरस्कार प्रदान गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.