राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो।

घिमिरेको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए। पशुपति आर्यघाटमा घिमिरेको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

यो पनि :

‘नेपाली हामी रहौंला कहाँ’, ‘गाउँ छ गित नेपाली’ जस्ता राष्ट्रभक्ति गितबाट नेपाली जनमनमा लोकप्रिय घिमिरे जन्म लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते भएको थियो। घिमिरेले जेठी श्रीमती गौरीको निधनपछि ‘गौरी’ शोककाव्य रचना गरेका थिए। अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा राष्ट्रकवि घिमिरेका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.