बुवाप्रति समर्पित गीत ‘मेरो बाबा भगवान’


काठमाडौं। आज कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिन । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुबाको मुख हेर्ने दिन मनाइँदैछ ।

बुवालाई समर्पित गरेर केही गीतहरु पनि बनेका छन् । जसमध्ये आज एउटा गीतमा धेरैले टिकटक बनाएका छन् । त्यो गीत हो, मेरो बाबा भगवान ।

यो गीतले बुवाको वर्णन गरेको छ । बुवालाई आकाश बनेर घामको किरण छरिरहने, आफ्ना खुखी बेचेर सन्तानका खुसी किन्ने व्यक्तिका रुपमा व्यक्त गरिएको छ । त्यस्तै बाबालाई भगवान, सुपरमेनका रुपमा वर्णन गरिएको छ ।

गीतमा एलिना चौहानले स्वर दिएकी छिन् । गीतमा शब्द/संगीत नरेश खाती क्षेत्रीको रहेको छ । नरेशले पनि यो गीतमा स्वर दिएका छन्। भिडियोमा एलिना स्वयंम फिचर्ड छिन् । गीतलाई सम्पूर्ण बुवाहरुप्रति समर्पित भनिएको छ ।

गायिका एलिना बाबालाई सम्झेर यो गीत गाउन पाउँदा अत्यन्तै खुःशी लागेको बताउँछिन् । गीत सावजनिक भएको केही दिन अघि हो तर, आज टिकटक तथा फेसबुकमा यो गीत धेरै नै प्रयोग भएको छ ।

हेरौं गीत :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.