‘साँघुरो’ सेक्स युनिभर्सल


(सेलिब्रेटी नेपाल) १०  बैशाख-विश्वमा सेक्सको सबैतिर चर्चा हुने गर्दछ ।  पछिल्लो समय नेपाली चलचित्र माथी सेन्सरको आँखा कडा रुपमा लाग्दै आएको छ ।अहिलेका अधिकांशचलचित्र  सेन्सर झमेलामा परिरहेका छन् । तर यौन कुण्ठालाई मुख्य बिषय बनाएको चलचित्र ‘साँघुरो’ ले भने सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । जोयस पाण्डेको निर्देशनमा तयार भएको यो  चलचित्रलाई अब सबै बर्गका दर्शकले हेर्न पाउने भएका छन् ।सेन्सर वोर्ड प्रमुख नारायण सञ्जेलका अनुसार केही दृश्यहरुलाई माइनस गराएर ‘साँघुरो’ लाई विश्वभरका जुनसकै उमेर समुहका व्यक्तीले हेर्न मिल्ने गरी अनुमती दिइएको हो । पछिल्लो समय अश्लील भन्दै  चलचित्रको प्रदर्शनमा रोक लगाएर चर्चा र विवादमा रहेको सेन्सर वोर्डले सेक्स साइक्लोजीकल  चलचित्रलाई चाहि कसरी ‘यू’ सर्टिफिकेट दियो त ? निर्देशक जोयश पाण्डेले भने, ‘हाम्रो चलचित्र भल्गर भन्दा पनि सामाजिक छ ।’
    सेन्सर पास भएपनि प्राविधिक कारण देखाउँदै ‘साँघुरो’ यो हप्ता रिलिज नहुने निर्देशक पाण्डेले जानकारी गराए ।  चलचित्रको अन्तिम प्राविधिक कार्य सम्पन्न गर्न केही समय लाग्ने र सम्पूर्ण दर्शकहरु समक्ष चलचित्रबारे जानकारी गराउने उद्धेश्यले रिलिज डेट सारिएको उनको भनाई छ ।दयाहाङ राई, दिया माश्के, सुशांक मैनालीले अभिनय गरेको यो सिनेमाले एउटा सानो कोठाभित्र हुने यौन कुण्ठालाई कलात्मक ढंगले देखाउन खोजेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.