संजय दत्तलाई फोक्सोको क्यान्सर



एजेन्सी । बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई फोक्सोको क्यान्सर भएको छ र उनी छिटै उपचारका लागि अमेरिका जाने तयारीमा छन्।

दत्त गएको शनिबार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए। उनी स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुगेका थिए। र उनको कोरोना पनि परीक्षण भएको थियो। तर, उनलाई कोरोना संक्रमण भने देखिएन।

संजय दत्तले केही समयका लागि कामबाट बिदा लिएको सामाजिक सञ्जालमा लेखेका छन्। उनले उपचारका लागि कामबाट बिदा लिएको बताएका छन्। बलिउडका उनका मित्रहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.