गायक निशान भट्टराईले गरे कानुनी विवाह



सेलिब्रेटी नेपाल, काठमाडौँ। नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईले विवाह गरेका छन् । उनले आफ्नो प्रेमीका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । कृष्ण अष्टमिको अवसर पारेर मंगलवार धुलिखेल जिल्ला अदालतमा भट्टराई दम्पत्तिले बिवाह गरेका हुन् ।

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएदेखि गायक निशान भट्टराइको साँगीतिक यात्रा अघि बढिरहेको छ । उनी पछिल्ले समय नेपाली फिल्मको प्लेब्याक भोकलमा समेत रुचाइएको छ । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छन् ।